Section 14
पुनस्र्थापन कोष
: (१) दफा १३ को उपदफा (१) बमोजिम स्थापना भएका पुनस्र्थापना केन्द्र सञ्चालन गर्न तथा पीडितलाई कसूरदारबाट ऐनको दफा १७ को उपदफा (१क) बमाजिम पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनको लागि नेपाल सरकारले एक पुनस्र्थापन कोष स्थापना गर्नेछ ।
(१क) दफा १३ को उपदफा (१क) र (१ख) बमोजिम स्थापना तथा हस्तान्तरण भएका पुनर्स्थापना केन्द्रको व्यवस्थापन तथा सञ्चालन गर्न चाहने प्रदेश सरकारले आफ्नो श्रोतबाट व्यवस्था गर्ने गरी प्रदेश कानून बमोजिम र स्थानीय तहले आफ्नो श्रोतबाट व्यवस्था गर्ने गरी स्थानीय कानून बमोजिम पुनर्स्थापना कोष स्थापना गर्न सक्नेछन्।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहनेछन् ः-
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) कुनै स्वदेशी वा विदेशी संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
(ग) दफा १५ बमोजिम भएको जरिबाना बापत प्राप्त हुने रकमको आधा रकम ।
(३) पुनस्र्थापन कोषको व्यवस्थापन र सञ्चालन तोकिए बमोजिम हुनेछ ।